मकवानपुरमा ३० जनामा कोरोना पुष्टि

स्वर्णिम खबर
५ कार्तिक २०७७, बुधबार १७:५३

मकवानपुरमा बुधबार ३० जनामा कोरोना पुष्टि भएको छ । रिपोर्ट अनुसार ९ महिला र २१ पुरुषमा संक्रमण पुष्टी भएकोहेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईले जानकारी दिनुभयो । बुधबार हेटौंडा उपमहानगरपालिकाका ६ जना, बकैया गाउँपालिकाका ६ जना, बागमती गाउँपालिकाका १२ जना, मकवानपुरीगढी गाउँपालिकाका एक जना र मनहरी गाउँपालिकाका ३ जना रहेका छन् । यसैगरि जिल्ला बाहिरका ३ जनामा कोरोना पुष्टि भएको निरीक्षक चौलगाईले जानकारी दिनुभयो । असोज २ गते र त्यसपछि संकलन गरिएको स्वाबको हेटौँडा–१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्रमा गरिएको १८३ जनाको परीक्षणमा ३० जनामा कोरोना पुष्टि भएको हो । त्यसैगरी २२ जना पुन पोजेटिभ रहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*