क्लिनफिड लागू छिट्टै हुनुपर्छः अध्यक्ष राजकर्णिकार

स्वर्णिम खबर
२२ आश्विन २०७७, बिहीबार १७:२७

२१ असोज, काठमाडौं । विदेशी च्यानलमा विज्ञापन रहित (क्लिन फिड) लागू भए नेपालको विज्ञापन बजार बढ्ने मिडिया अलायन्स नेपालका अध्यक्ष भास्करराज राजकर्णिकारले बताउनुभएको छ ।

क्लिनफिड लागू नहुँदा नेपाली टेलिभिजन, छापा माध्यम र रेडियोको विज्ञापन बजार संकुचन भएको उहाँले बताउनुभयो । अध्यक्ष राजकर्णिकारले कात्तिक ७ गते देखि क्लिन फिड लागू भए नेपालको विज्ञापन बजार छोटो समय भित्रै १० अर्ब रुपैयाँ बढीले वृद्धि हुने बताउनुभयो । क्लिनफिड लागू भएपछि विदेशी ब्राण्डले नेपाली मिडियामा विज्ञापन गर्ने भएकाले पनि १० अर्ब बढीको विज्ञापन बढ्ने आकलन गरिएको बताउनुभयो । जसबाट १२ अर्बमा रहेको नेपालको विज्ञापन बजार झण्डै २५ अर्ब पुग्ने उहाँको भनाई छ । कत्तिक ७ गतेपछि क्लिनफिट हटाउँदा केही समस्या हुने भएपनि प्रविधिको प्रयोग गरी समस्या समाधान गर्न सकिने उहाँले बताउनुभयो । विदेशी च्यानलमा पैसा तिरेर विज्ञापन हेर्नुपर्ने स्थितिको अन्त्य नहुँदा सम्म नेपाली मिडियामा विदेशी विज्ञापन आउनै नसक्ने पनि उहाँको भनाई छ । प्राविधिक समस्याका नाउँमा फेरी समय थप गर्न नहुनेमा उहाँले जोड दिनुभयो । ऐन आएको एक वर्ष भइसकेकाले पनि तत्काल कार्यान्वयनमा जानुको विकल्प नरहेको पनि उहाँले बताउनुभयो । करिब ९० प्रतिशत विदेशी टेलिभिजनले विज्ञापन रहित प्रशारण गर्ने तय गरिसकेको र बाँकी १० प्रतिशतका लागि क्लिनफिड लागू गर्ने समय थप गर्न जरुरी नभएको बताउनुभयो । कुनैपनि विदेशी उत्पादनले नेपालका लागि बजार प्रवद्र्धन गरिरहेको छ भने आफ्नै देशको टेलिभिजनमा विज्ञापन गरी गरेकाले त्यस्तो अवस्थाको अन्त्यका लागि पनि क्लिनफिड आवस्यक रहेको उहाँको भनाई छ । क्लिनफिड लागू भएपनि नेपालकै टेलिभिजनमार्फत बजार प्रवद्र्धन गर्नुपर्ने अवस्था आउँदा नेपालको विज्ञापन बजार बढ्ने उहाँले बताउनुभयो । यसबाट नेपालको विज्ञापन बजार दोब्बरले बढ्ने अवस्था आउने र नेपालका सञ्चार माध्यमहरु प्नि आत्मनिर्भर बन्न सक्ने उहाँको भनाई छ । यसबाट नेपालको समग्र सामाजिक आर्थिक विकासमा पनि योगदान हुने उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*