बिहिबार एकैदिन ४३ सय ६४ जना कोरोना संक्रमित थपिए

स्वास्थ्य मापदण्ड पूर्ण नभएका कारण संक्रमितको संख्या बढ्योः प्रवक्ता गौतम
स्वर्णिम खबर
२२ आश्विन २०७७, बिहीबार १७:२३

२२ असोज, काठमाडौं । बिहिबार काठमाडौं उपत्यकामा २ हजार ८५ गरी नेपालमा अहिलेसम्मकै बढी ४ हजार ३ सय ६४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन ।
मन्त्रालयका अनुसार आज १८ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५ सय ६१ महिला र २ हजार ८ सय ३ जना पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा २ हजार ८५, भक्तपुरमा १ सय ३५ र ललितपुरमा ३ सय २० जनामा कोरोना सक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा एक हप्तामा मात्रै १० हजार बढीमा संक्रमण देखिएको छ । निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य मापदण्ड पूर्ण नभएका कारण संक्रमितको संख्या बढीरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । बिहिबार देशभरी सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ जना रहेको छ । यस्तै आज २ हजार ६ सय ७५ जना डिस्चार्ज भएर घर फर्किएका छन । हाल देशभरी ७१ हजार ३ सय ४३ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन । नेपालमा कोरोना भाइरस कोभिड १९ बाट ४ महिला र ८ जना पुरुष गरी थप १२ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*