कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु
२० असोज, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ महिला र ५ जना पुरुषको कोरोनाबाट मृत्यु भएको छ । आज काठमाडौं उपतयकामा मात्रै २ पुरुष सहित ५ जनाको मृत्यु भएको छ । काठमाडौंमा ५९ र ६० वर्षिया महिला तथा ललितपुरमा ६७ वर्षिया महिलाको मृत्यु भएको छ । यस्तै ललितपुरमै ६१ र ७७ वर्षिय पुरुषको मृत्यु भएको छ । यसैगरी तेह्रथुममा ३१ वर्षिय, सुनसरीमा ६४ वर्षिय पुरुष र चितवनमा ७० वर्षिय पुरुष तथा नवलपरासीपूर्वमा ७७ वर्षिया महिलाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको छ ।
आज नेपालमा १ हजार ५ सय ५१ जनामा कोरोना देखिएको छ । ११ हजार ४७ पीसीआर परीक्षण भएकोमा ५ सय ९ महिला र १ हजार ४२ जना पुरुष संक्रमित भएका हुन । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९० हजार ८ सय १४ पुगेको छ । उपत्यकामा १ हजार १७ जना संक्रमित थपिएका छन । काठमाडौंमा ७ सय ८३, भक्तपुरमा १ सय १६ र ललितपुरमा १ सय १८ जनामा संक्रमण देखिएको छ ।
आज २ हजार ३ सय ४० जना डिस्चार्ज भएका छन । आजसम्म प्रदेश नम्बर १ मा ६ हजार ३६, प्रदेश नम्बर २ मा १४ हजार ८ सय ५१, बागमती प्रदेमा २२ हजार ४ सय २५ र गण्डकी प्रदेशमा ३ हजार ८ सय ६९ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ९ हजार ८ सय ६७, कर्णाली प्रदेशमा ३ हजार २ सय ६८ र सुदूरपश्चिम प्रदेशमा ७ हजार २ सय २६ गरी देशभरी ६७ हजार ५ सय ४२ जना डिस्चार्ज भएका छन ।