मकवानपुरमा पाँचदिने नवजात शिशुसहित थप ७ जनाको मृत्यु

२२ सय ५३ जना संक्रमित थपिए, १३ सय २९ जना डिस्चार्ज
स्वर्णिम खबर
१८ आश्विन २०७७, आईतवार १६:५५

१८ असोज, काठमाडौं । नेपालमा कारोना भाइरस (कोभिड—१९) बाट पाँच दिने नवजात शिशुसहित थप ७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुरमा पाँचदिने नवजात शिशुसहित ४ महिला र ३ पुरुषको कोरोनाबाट मृत्यु भएको हो । मृत्यु हुनेमा चितवनमा ५५ वर्षिया महिला, बाँकेमा २५ वर्षिया महिला र कञ्चनपुरमा २९ वर्षिया महिला रहेका छन । यस्तै काठमाडौंमा ५५ वर्षिय पुरुष, ललितपुरमा ७७ वर्षिय पुरुष र बाँकेमा ६० वर्षिय पुरुषको पनि कोभिडबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ ।
आज नेपालमा २ हजार २ सय ५३ जनामा संक्रमण देखिएको छ । १२ हजार ७ सय ८४ पीसआिर परीक्षण भएकोमा ८ सय ३० महिला र १४ सय २३ जना पुरुषमा संक्रमण देखिएको हो । आज काठमाडौं उपत्यकामा १५ सय ९९ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा १३ सय ७३, ललितपुरमा १ सय ८७ र भक्तपुरमा ३९ जनामा संक्रमण देखिएको छ ।
आज देशभरी सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ पुगेको छ ।
आज १ हजार ३ सय २९ जना डिस्चार्ज भएका छन । आजसम्म प्रदेश नम्बर १ मा ५ जार ७ सय ३३, प्रदेश नम्बर २ मा १४ हजार २ सय ९१, बागमती प्रदेशमा २० हजार ४ सय ९३ र गण्डकी प्रदेशमा ३ हजार ६ सय ५७ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ९ हजार ५ सय ५५, कर्णाली प्रदेशमा ३ हजार १ सय ८५ र सुदूरपश्चिम प्रदेशमा ७ हजार १ सय ५५ गरी देशभरी ६४ हजार ६९ जनामा संक्रमित डिस्चार्ज भएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*