कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु
१७ असोज, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ महिला र ६ जना पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा २ गरी उपत्यकामा तीन जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ८३ र ६८ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै ललितपुरमा ६७, दोलखामा ६५, सिन्धुपाल्चोकमा ४१ र कैलालीमा ७९ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यस्तै सुनसरीमा २८ र चितवनमा ७६ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय २८ पुगेको छ ।
आज २ हजार १ सय २० जना कोरोनाका संक्रमित थपिएका छन । १२ हजार ९ सय ७८ पीसीआर परीक्षण भएकोमा आज ७ सय ६६ महिला र १२ सय ५४ जना पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा १ हजार १, भक्तपुरमा ६७ र ललितपुरमा १ सय ९ जना गरी काठमाडौं उपत्यकामा ११ सय ७७ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको छ । आज २ हजार ४४ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन । आजसम्म प्रदेश नम्बर १ मा ५ हजार ६ सय ५५ प्रदेश नम्बर २ मा १४ हजार २ सय १५, बागमती प्रदेशमा १९ हजार ६ सय ५६ र गण्डकी प्रदेशमा ३ हजार ५ सय ९९ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ९ हजार ३ सय ४६, कर्णाली प्रदेशमा ३ हजार १ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ७ हजार १ सय १४ गरी आजसम्म ६२ हजार ७ सय ४० जना संक्रमित डिस्चार्ज भएका छन । आज आइसियुमा २ सय १४ र भेन्टिलेटरमा ३१ जना संक्रमित उपचाररत रहेका छन ।