शनिबार १२ सय ७ जनामा कोरोना संक्रमण पुष्टि
१० असोज, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा उपत्यकामा चार सहित आज ८ जनाको पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा २० र ७४ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै भक्तपुरमा ८८ र ललितपुरमा ७६ वर्षिय पुरुषको मृत्यु भएको छ । यसैगरी सप्तरीमा ६३, मकवानुरमा ७४, रुपन्देहीमा ७२ र कैलालीमा ३० वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ६७ पुगेको छ । नेपालमा थप १२ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ । १० हजार १९ पीसीआर परीक्षण भएकोमा महिला ४ सय ११ र पुरुष ७ सय ९६ जनामा संक्रमण देखिएको हो । आज काठमाडौंमा ५ सय ८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जनामा संक्रमण देखिएको छ । नेपालमा कुल संक्रमितको संख्या आजसम्म ७१ हजार ८ सय २१ पुगेको छ । आज १ हजार १ सय ४७ जना संक्रमित डिस्चार्ज भएका छन । आजसम्म प्रदेश नम्बर १ मा ४ हजार ७ सय ९३, प्रदेश नम्बर २ मा १३ हजार ११, बागमती प्रदेशमा १४ हजार ५ सय ८१ र गण्डकी प्रदेशमा ३ हजार ९३ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ८ हजार २ सय ३६, कर्णाली प्रदेशमा २ हजार ८ सय ४० र सुदूरपश्चिम प्रदेशमा ६ हजार ४ सय ५९ गरी ५३ हजार १३ जना संक्रमित डिस्चार्ज भएका छन ।