नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु
९ असोज, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट थप ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन महिला र तीन पुरुषको कोरोनाबाट मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङका २ जना रहेका छन । मोरङमा ६० वर्षिया महिला र ५५ वर्षिय पुरुषको मृत्यु भएको हो । यस्तै सप्तरीमा ७० वर्षिय पुरुष, ललितपुरमा ५१ वर्षिय पुरुष, काठमाडौंमा ७५ वर्षिया महिला र कपिलवस्तुमा ७० वर्षिया महिलाको मृत्यु भएको हो । यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ४ सय ५९ पुगेको छ । नेपालमा आज थप १ हजार ३ सय १३ जना कोरोना संक्रमित थपिएका छन । १२ हजार २ सय ६२ पीसीआर परीक्षण भएकोमा महिला ४ सय ५३ र पुरुष ८ सय ६० जनामा संक्रमण देखिएको हो । आज काठमाडौंमा ५ सय ३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ । आज १ हजार ४ सय ५५ जना गरी आजसम्म कोरोनामुक्त हुनेको संख्या ५१ हजार ८ सय ६६ पुगेको छ ।