कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु
७ असोज, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र ६ पुरुषको कोरोनाबाट मृत्यु भएको हो । झापामा ८६ वर्षिय, सिराहामा ५० वर्षि र काठमाडौंमा १६ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यस्तै ललितपुरमा ७४ वर्षिय, बर्दिमा ६५ र ३९ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा ६८ वर्षिय महिलाको पनि कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ३६ पुगेको छ । आज नेपालमा १ हजार १ सय ७२ जना नयाँ संक्रमित थपिएका छन । ९ हजार ४ सय ४९ पीसीआर परीक्षण भएकोमा ४ सय २६ महिला र ७ सय ४६ पुरुषमा संक्रमण देििखएको छ । काठमाडौंमा ४ सय ९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० जनामा संक्रमण देखिएको छ । आज १ हजार ८ सय ९३ जना डिस्चार्ज भएका छन । आजसम्म प्रदेश नम्बर १ मा ४ हजार ५ सय १६, प्रदेश नम्बर २ मा १२ हजार ७ सय ६०, बागमती प्रदेशमा १२ हजार ८ सय १२ र गण्डकी प्रदेशमा २ हजार ९ सय ४१ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ७ हजार ७ सय ७५, कर्णाली प्रदेशमा २ हजार ७ सय ८२ र सुदूरपश्चम प्रदेशमा ६ हजार ३ सय ६८ गरी आजसम्म ४९ हजार ९ सय ५४ जना संक्रमित निको भएर घर फर्किएका छन ।