मंगलबार १३ सय ५६ जना कोरोना संक्रमित थपिए
६ असोज, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड— १९) बाट थप २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र १ पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंमा ५० वर्षिय पुरुष र काभ्रेपलाञ्चोकमा ५० वर्षिया महिला रहेका छन । आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ४९ पुगेके छ ।
आज देशभरी १ हजार ३ सय ५६ जना कोरोना संक्रमित थपिएका छन । १० हजार १ सय ५४ पीसीआर परीक्षण भएकोमा महिला ४ सय ५९ र पुरुष ८ सय ९७ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा ५ सय ११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा संक्रमण देखिएको छ । आज ८ सय २३ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन । आजसम्म प्रदेश नम्बर १ मा ४ हजार ३ सय ५७, प्रदेश नम्बर २ मा १२ हजार ४ सय ७६, बागमती प्रदेशमा ११ हजार ८ सय ५४ र गण्डकी प्रदेशमा २ हजार ८ सय १९ जना रहेका डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ७ हजार ४ सय ६६, कर्णाली प्रदेशमा २ हजार ७ सय ४९ र सुदूरपश्चिम प्रदेशमा ६ हजार २ सय ४० गरी देशभरी ४८ हजार ६१ जना संक्रमित डिस्चार्ज भएका छन ।