सोमबार एकैदिन कोरोना संक्रमणबाट १६ जनाको मृत्यु

१ हजार १ सय ५४ जना संक्रमित थपिए, १ हजार ५ जना डिस्चार्ज
स्वर्णिम खबर
५ आश्विन २०७७, सोमबार १७:५८

५ असोज, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र १३ पुरुष जनाको कोरोनाबाट मृत्यु भएको हो । मन्त्रालयका अनुसार झापामा ७२, सुनसरीमा ४९, पर्सामा ८८, भक्तपुरमा ८४ र ६२ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै काठमाडौंमा ५८ र ७३ वर्षिय, मकवानपुरमा ६८, ललितपुरमा ६१, चितवनमा ५५, रुपन्देहीमा ६७, बाँकेमा ५० र ५९ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । यस्तै मकवानपुरमा १७, ललितपुरमा ५८ र दोलखामा ५२ वर्षिया महिलाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय २७ पुगेको छ ।
आज १ हजार १ सय ५४ जनामा संक्रमण देखिएको छ । ९ हजार ५ सय ३३ पीसीआर परीक्षण भएकोमा ४ सय १८ महिला र ७ सय ३६ जना पुरुषमा संक्रमण देखिएको छ । काठमाडौंमा ५ सय ३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जनामा संक्रमण देखिएको छ ।
आज देशभरी १ हजार ५ जना संक्रमित डिस्चार्ज भएका छन । प्रदेश नम्बर १ मा ४ हजार २ सय ३७, प्रदेश नम्बर २ मा १२ हजार ३ सय ८९, बागमती प्रदेशमा ११ हजार ३ सय ९६ र गण्डकी प्रदेशमा २ हजार ७ सय ९५ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ७ हजार ४ सय ३७, कर्णाली प्रदेशमा २ हजार ७ सय ३० र सुदूरपश्चिम प्रदेशमा ६ हजार २ सय ५४ गरी आजसम्म ४७ हजार २ सय ३८ जना संक्रमित डिस्चार्ज भएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*