कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

१२ सय ४६ जना संक्रमित थपिए, १२ सय ४३ जना डिस्चार्ज
स्वर्णिम खबर
१ आश्विन २०७७, बिहीबार १७:३९

१ असोज, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र १ जना पुरुषको मृत्यु भएको हो । आज मोरङमा ६४ वर्षिया, चितवनमा ३६ वर्षिया र कैलालीमा ५७ वर्षिया महिलाको मृत्यु भउकोहो । काठमाडौंमा ८७ वर्षिय पुरुषको मृत्यु भएको छ । यो सँगै आजसम्म मृत्यु हुनेको संख्या ३ सय ८३ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज १२ सय ४६ जनामा कोरोना संक्रमण देखिएको छ । १० हजार ६ सय ४१ पीसीआर परीक्षण भएकोमा आज ४ सय २८ महिला र ८ सय १८ जना पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा ५ सय ४, ललितपुरमा ६१ र भक्तपुरमा ५० जनामा संक्रमण देखिएको छ । आजसम्म संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगको छ ।
आज देशभरी सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४१ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ४ सय ३०, प्रदेश नम्बर २ मा ६ सय ८७, बागमती प्रदेशमा ४ हजार ५ सय ५४ र गण्डकी प्रदेशमा ७ सय ८८ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ९ सय १८, कर्णाली प्रदेशमा २ सय ४९ र सुदूरपश्चिम प्रदेशमा २ सय ७७ गरी देशभरी संस्थागत आइसोलेसनमा ७ हजार ९ सय ३ जना संक्रमित उपचाररत रहेका छन ।
होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार १ सय ७२, प्रदेश नम्बर २ मा १ हजार २ सय ८७, बागमती प्रदेशमा ४ हजार १ सय ८७ र गण्डकी प्रदेशमा १ सय ८२ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ६७, कर्णाली प्रदेशमा १ सय ३० र सुदूरपश्चिम प्रदेशमा ३ सय १३ गरी देशभरी होम आइसोलेसनमा ८ हजार ३ सय ३८ जना रहेका छन । आज आइसियुमा १ सय ८३ र भेन्टिलेटरमा ३९ जना संक्रमित उपचाररत रहेका छन ।
आज १२ सय ४३ जना संक्रमित निको भएर घर फर्किएका छन । प्रदेश नम्बर १ मा ३ हजार ७ सय ७१, प्रदेश नम्बर २ मा ११ हजार ७ सय १७, बागमती प्रदेशमा ९ हजार ४ सय ११ र गण्डकी प्रदेशमा २ हजार ४ सय ६६ जना आजसम्म डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार ८ सय ७१, कर्णाली प्रदेशमा २ हजार ६ सय ८ र सुदूरपश्चिम प्रदेशमा ६ हजार १ सय ५ गरी देशभरी आजसम्म ४२ हजार ९ सय ४९ जना संक्रमित निको भएर घर फर्किएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*