बुधबार एकैदिन १५ सय ३९ जना कोरोना संक्रमित थपिए

१ हजार ६८ जना डिस्चार्ज, थप ८ जनाको मृत्यु
स्वर्णिम खबर
३१ भाद्र २०७७, बुधबार १७:३५

३१ भदौ, काठमाडौं । बुधबार नेपालमा १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १० हजार ४ सय ९४ जना भएको पीसीआर परीक्षण भएकोमा १ हजार ५ सय ३९ जनामा संक्रमण देखिएको हो । आजसम्म ८ लाख ७२ हजार २ सय ७४ पीसीआर परीक्षण भएकोमा ५८ हजार ३ सय २७ जनामा कोरोना देखिएको छ । आज १ हजार ६८ जना संक्रमित निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । जसअनुसार प्रदेश नम्बर १ मा ३ हजार ५ सय ५७, प्रदेश नम्बर २ मा ११ हजार ३ सय ५७, बागमती प्रदेशमा ८ हजार ८ सय ६४ र गण्डकी प्रदेशमा २ हजार ४ सय ११ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार ७ सय ६४, कर्णाली प्रदेशमा २ हजार ५ सय ९० र सुदूरपश्चिम प्रदेशमा६ हजार ६३ गरी देशभरी आजसम्म ४१ हजार ७ सय जना संक्रमित निको भएर घर फर्किएका छन । कोरोना भाइरस कोभिड—१९ बाट थप ८ जना संक्रमितको मृत्यु भएको छ । विभिन्न जिल्लामा ८ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ७९ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*