कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु

११ सय ७० संक्रमित थपिए, ८ सय ७९ जना डिस्चार्ज
स्वर्णिम खबर
२९ भाद्र २०७७, सोमबार १८:०५

२९ भदौ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १० पुरुषजना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा एक महिला सहित ६ जना गरी उपत्यकाभित्र ८ जनाको मृत्यु भएको छ । काठमाडौंमा एकजना ६१ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै ७७, ६२, ७३, ८५ र ७० वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यस्तै ललितपुरमा ५५ र भक्तपुरमा ७३ वर्षिय पुरुष तथा रामेछापमा २३, मोरङमा ४० र ७० वर्षिय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको उहाँले बताउनुभयो । यस्तै गोरखामा ६३, नवलपरासीमा ६२, पर्सामा ५५ र कपिलवस्तुमा ४७ वर्षिया महिलाको मृत्यु छ । योसँगै नेपालमा आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ६० पुगेको छ ।
आज देशभरी १ हजार १ सय ७० जना कोरोना भाइरसका संक्रमित थपिएका छन । १० हजार ८ सय ७८ पीसीआर परीक्षण भएकोमा ३ सय ९९ महिला र ७ सय ७१ जना पुरुषमा संक्रमण देखिएको छ । काठमाडौंमा ४ सय ४०, भक्तपुरमा ४३ र ललितपुरमा २९ जनामा संक्रमण देखिएको छ ।
आज ८ सय ७९ जना संक्रमित मुक्त भएर डिस्चार्ज भएका छन । आजसम्म प्रदेश नम्बर १ मा ३ हजार ८ सय ८५, प्रदेश नम्बर २ मा ११ हजार ५६, बागमती प्रदेशमा ७ हजार ८ सय १९ र गण्डकी प्रदेशमा २ हजार २ सय ७० जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार ५ सय, कर्णाली प्रदेशमा २ हजार ५ सय २५ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ९ सय २१ जना गरी आजसम्म ३९ हजार ५ सय ७६ जना संक्रमित मुक्त भएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*