पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु
![](https://www.swornimkhabar.com/wp-content/uploads/2020/09/1039addddd.jpg)
२८ भदौ, काठमाडौं । नेपालमा कोरोना भाइरस कोभिड—१९ बाट थप ९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र ६ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा मात्रै कारोनाबाट २ महिला सहित ६ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । मन्त्रालयका अनुसार ६५÷६५ वर्षिया दुई जना महिला तथा ५९, ७०, ६४ र ५९ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । यस्तै मोरङमा ६९ र सिन्धुपाल्चोकमा ५९ वर्षिय पुरुष तथा कास्कीमा ४५ वर्षिया महिलाको कारोनाबाट मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ४५ पुगेको छ । आज नेपालमा थप १ हजार ३९ जनामा कोरोना पुष्टि भएको छ । ९ हजार १ सय ६५ वटा पीसीआर परीक्षण भएकोमा आज ३ सय ६४ महिला र ६७४ जना पुरुषमा संक्रमण देखिएको छ । काठमाडौंमा ४ सय ८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जनामा संक्रमण देखिएको छ । आज १ हजार १ सय ७३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन । आजसम्म प्रदेश नम्बर १ मा ३ हजार ४ सय ४१, प्रदेश नम्बर २ मा १० हजार ८ सय ३१, बागमती प्रदेशमा ७ हजार ३ सय ८४ र गण्डकी प्रदेशमा २ हजार २ य १८ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार ४ सय ६६, कर्णाली प्रदेशमा २ हजार ४ सय ८६ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ८ सय ७१ जना गरी देशभरी ३८ हजार ६ सय ९७ जना संक्रमणमुक्त भएर घर फर्किएका छन । आज क्वारेन्टिनमा ६ हजार ५ सय ३६ जना छन ।