शनिबार एकैदिन कोरोनाबाट १४ जनाको मृत्यु
२७ भदौ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज महिला ३ र पुरुष ११ जनाको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा तीन, भक्तपुर र रुपन्देहीमा २—२ जनाको मृत्यु भएको छ । प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ७६ वर्षिया महिला, ५१ र ५४ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै भक्तपुरमा ७२ र ३८ वर्षिय तथा रुपन्देहीमा ६० र ४० वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यसैगरी सुनसरीमा ४३ वर्षिय पुरुष, चितवनमा ६१ वर्षिय पुरुष, तनहुँमा ७६ वर्षिया महिला, पर्सामा ७८ वर्षिया महिला, गोरखामा ४५ वर्षिय पुरुष, स्याङ्जामा ८५ वर्षिय पुरुष र कास्कीमा ५१ वर्षिय पुरुषको मृत्यु भएको उहाँले बताउनुभयो । आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ३६ जना पुगेको छ । आज १२ सय १ जना नयाँ संक्रमित थपिएका छन । १० हजार १ सय ७६ पीसीआर परीक्षण भएकोमा महिला ४ सय १६ र पुरुष ८ सय ७५ जनामा कोरोना संक्रमण देखिएको हो । काठामाडौंमा ३ सय ७७, ललितपुरमा ३७ र भक्तपुरमा १६ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको छ । आज ८ सय ५२ जना संक्रमित निको भएर घर फर्किएका छन । आजसम्म प्रदेश नम्बर १ मा ३ हजार ३ सय ९०, प्रदेश नम्बर २ मा १० हजार ५ सय २३, बागमती प्रदेशमा ६ हजार ८ सय २० र गण्डकी प्रदेशमा २ हजार १ सय ९९ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार ३ सय १२, कर्णाली प्रदेशमा २ हजार ४ सय ८४ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ७ सय ९६ जना गरी आजसम्म ३७ हजार ५ सय २४ जना संक्रमित निको भएर घर फर्किएका छन ।