कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु
२४ भदौ, काठमाडौं । नेपालमा कोरोना संक्रमण (कोभिड—१९) बाट थप ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र ३ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा ८३ वर्षिया महिला र ६७ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेशवर गौतमले बताउनुभयो । यस्तै कास्कीमा ७३ वर्षिया महिला, अर्घाखाँँचीमा ४२ वर्षिय पुरुष, बाँकेमा ८० वर्षिया महिला र नवलपरासीमा ६४ वर्षिय पुरुषको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय १२ पुगेको छ । आज १ हजार ८१ जना नयाँ कोरोना संक्रमित थपिएको उहाँले बताउनुभयो । ११ हजार १ सय ६७ पीसीआर परीक्षण भएकोमा आज ३ सय ३८ जना महिला र ७ सय ४३ जना पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा ३ सय ९४, ललितपुरमा ३४ र भक्तपुरमा ३६ जना संक्रमित थपिएका छन । आज ९ सय १८ जना डिस्चार्ज भएका छन । प्रदेश नम्बर १ मा ३ हजार १ सय १३, प्रदेश नम्बर २ मा ९ हजार ७ सय १३, बागमती प्रदेशमा ५ हजार ९७ र गण्डकी प्रदेशमा २ हजार ३८ जना संक्रमित आजसम्म डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ५ हजार ९ सय १९, कर्णाली प्रदेशमा२ हजार ४ सय १० र सुदूरपश्चिम प्रदेशमा ५ हजार ५ सय ९२ जना गरी आजसम्म ३३ हजार ८ सय ८२ जना डिस्चार्ज भएका छन । ५ हजार ८० जना क्वारेन्टिनमा रहेका छन ।