मकवानपुरमा २४ जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडा उपमहानगरपालिकाको मात्रै २२ जना
स्वर्णिम खबर
२३ भाद्र २०७७, मंगलवार १८:०६

२३ भदौ, हेटौंडा । मकवानपुरमा मंगलबार २४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

हेटौंडा १० स्थित कीटजन्य रोग तथा अनुसन्धान केन्द्रमा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १२ महिला र १२ पुरुष गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सबैभन्दा हेटौंडा उपमहानगरपालिकाका २२ जना रहेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले बताउनुभयो । यस्तै मकवानपुगढीका एक जना र नुवाकोटा जिल्लाको १ जना रहेको उहाँले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*