नेकपा स्थायी कमिटी बैठक २६ गते बस्ने
२२ भदौ,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक भदौ २६ गते बस्ने भएको छ ।
साउन १३ गते स्थगित भएको बैठक भदौ २६ मा बस्ने सहमति भएको हो । प्रधानमन्त्री समेत रहनुभएका नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलबीच सोमबार विहान बालुवाटारमा भएको छलफलमा बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । अध्यक्षद्वयबीच भएको विवादमा नेकपा बैठक पटक पटक स्थगित हुँदै आएको छ ।