एक खेल अगावै इंग्ल्याण्डले टि–२० सिरिज जित्यो

जोस बट्लरको अविजित ७७ रनको योगदान
स्वर्णिम खबर
२२ भाद्र २०७७, सोमबार १०:२०

२२, भदौ, हेटौंडा । घरेलु टोली इंग्ल्यान्डले अष्ट्रेलियाविरुद्धको तीन खेलको ट्वेन्टी–ट्वेन्टी सिरिज जितेको हो ।
आइतबार राति भएको दोस्रो खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै इंग्ल्यान्डले एक खेल अगावै २–० ले सिरिज जितेको हो । साउथह्याम्पटनमा अष्ट्रेलियाले दिएको १ सय ५८ रनको लक्ष्य इंग्ल्यान्डले १८ दशमलब ५ बलमा ४ विकेट गुमाएर पुरा ग¥यो । इंग्ल्यान्डलाई जित दिलाउन जोस बट्लरले अविजित रहदै ७७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै डेविड मलानले ४२ रन जोड्दा मोइन अली १३ रनमा अविजित रहे । अष्ट्रेलियाका एस्टन अगरले २ तथा मिचेल स्टार्क र एडम जाम्पाले १–१ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ४० तथा मार्कस स्टोनिसले ३५ रन बनाएका थिए । इंग्ल्यान्डका क्रिस जोर्डनले २ विकेट लिए । जोफ्रा आर्चर,मार्क उड र आदिल राशिदको नाममा १–१ विकेट रह्यो । जितसँगै तीन खेलको सिरिजमा इंग्ल्यान्डले २–० को अग्रता समेत बनाएको छ । पहिलो खेलमा इंग्ल्यान्डले २ रनको जित निकालेको थियो । अब दुई टिमबीचको तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*