पछिल्लो २४ घण्टामा ९८० संक्रमित थपिए, १८ सय १४ डिस्चार्ज, ९ जनाको मृत्यु

स्वर्णिम खबर
२१ भाद्र २०७७, आईतवार १७:४६

२१ भदौ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ महिला र ७ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा मात्रै ३ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ७४, ६८ र ८५ वर्षिय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । यस्तै मोरङमा ४५, पर्सामा ७७, धनुषामा ३५ र चितवनमा ७० वर्षिय पुरुषको मृत्यु भएको हो । यसैगरी मोरङमा ६४ र झापामा ४५ वर्षिया महिलाको मृत्यु भएको उहाँले बताउनुभयो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ८९ पुगेको छ । आज देशभरी ९ सय ८० जना कोरोना संक्रमित थपिएका छन । आज १ हजार ८ सय १४ जना संक्रमित निको भएर घर फर्किएका छन् । यसैगरी सरकारले विभिन्न शिक्षण संस्थाहरुमा स्वास्थ्य विधामा अध्ययनरत विद्यार्थीहरुलाई स्वयमसेवीका रुपमा परिचालन गर्ने भएको छ । आवश्यकता अनुसार विद्यार्थीहरुलई स्वयमसेवी रुपमा परिचालन गर्न सम्झौता गर्ने निर्णय भएको उहाँले बताउनुभो । त्रिवि शिक्षण अस्पताल र धुलिखेल अस्पतालमा आइसियु बेड निर्माणका लागि अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको छ । प्रवक्ता डा. गौतमका अनुसार दुबै अस्पतालमा ६० बेड आइसियु निर्माणका लागि मन्त्रालयले बजेट निकासा गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*