मुख्यमन्त्री डोरमणी पौडेलद्धारा निरिक्षण

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले शनिबार हेटौँडा ७ नागस्वतीमा कृषक समुहले गरेको पशुपालन तथा तरकारी खेतीको निरिक्षण गर्नुभएको छ ।
स्वर्णिम खबर
२१ भाद्र २०७७, आईतवार १०:१२

कृषि बिकास निर्देशनालय बागमती प्रदेश अन्र्तगत कृषि ज्ञान केन्द« चितवनको अनुदान सहयोगमा २ समुहका ४० जना कृषकहरुले पशुपालन तथा तरकारी खेती गरेका छन् ।यस वर्ष बनदेबी कृषि उद्यमी समुह र सुर्यादय बहुदेश्य कृषक समुहलाई कृषि ज्ञान केन्द« चितवनले २८ लाख २४ हजार अनुदान रकम सहयोग गरेको हो ।यस्तै दुबै समुहका कृषकहरुले समेत तरकारी खेती र पशु्पालनमा २८ लाख २४ हजार रुपौँया लगानी गरेका छन् ।कृषकहरुले बनाएका टडेलहरुमा थोपा सिचाँई प्रविधिबाट टमाटर खेती गरीएको छ ।कृषि उद्यमलितातर्फ अघि बढ्ने वडाबासीहरुलाई सदैव सहयोग र समन्वय गरीरहने वडा नम्बर ७ का अध्यक्ष राजन थापाले बताउनुभयो । यसैबिच मुख्यमन्त्री पौडेलले हेटौडा ७ मै निर्माणधिन नागस्वति खहरे खोला पुलको समेत निरिक्षण गर्नुभएको छ ।सो पुल निर्माणका लागी हेटौडा उपमहानगरपालिकाले २२ लाख रुपौँया सहयोग गरेको छ ।निरिक्षण कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका सदस्य देवराज रिमाल ,नेकपा हेटौडा नगर सचिवालय सदस्य तथा टिम टेलिभिजनका अध्यक्ष नवराज खतिवडा ,नेकपा वडा नम्बर ७ कमिटिका सदस्य किरण लामिछाने लगाएतकाको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*