लागुऔषध सहित २ भारतीय र १ नेपाली नागरिक पक्राउ
२८ पुस, हेटौँडा । मकवानपुर प्रहरीले ठूलो मात्रामा लागुऔषध सहित २ भारतीय र १ नेपाली नागरिकलाई नियन्त्रणमा लिएको छ ।
इलामा प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले २१ किलो ४ सय ६० ग्राम चरेश , ३ किलो ४ सय ७० ग्राम लागुऔषध अफिम सहित दुई जना भरातीय र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलिले १ सय १ कलिो गाँजा सहित १ जना नेपाली नागरिकलाई पक्राउ गरेको हो ।
मकवानपुरका थाहा नगरपालिका वडा नम्बर ११ त्रिभुवन राजपथ अन्तर्गत नौखण्डे भन्ने स्थानमा DL8CZ1224 नम्बरको भारतीय कार चेकजाँच गर्ने क्रममा लागू औषध चरेश र गाँजा सहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पनेृमा भारत हरियाणा हिसार जिल्ला गोविन्दनगर बस्ने वर्ष २५ का कुनार गोथ्वाल र सोही स्थानमा वर्ष २० का मनिस कुमार रहेको मकवानपुर प्रहरी प्रमुख विश्वराज खड्काले जानकारी दिनुभयो ।
यस्तै, चितवनबाट बिरगंज जाँदै गरेको DL13C1561 नम्बरको भारतीय नम्बरको कार चेकजाँच गर्दा १ सय १ केजि लागूऔषध गाँजा सहित पर्सा बिरगंज महानगरपालिका २६ का राजन रारुत कुर्मी पक्राउ परेका छन् । पक्राउ परेका माथि आवश्यक अनुसन्धान भइरहेकोे मकवानपुर प्रहरीले जनाएको छ ।