मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा प्रमोद सिंह रानाभाट निर्वाचित

स्वर्णिम खबर
२८ पुष २०८१, आईतवार ०८:२२

२८ पुस, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोद सिंह रानाभाट निर्वाचित हुनुभएको छ ।
शनिबार सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम अनुसार एक हजार १४ मत प्राप्त गर्दै ३ वर्षे कार्यकालका लागि रानाभाट विजयी भएका हुन् । अध्यक्षका अर्का उम्मेदवार अनिर कुमार अग्रवालले ७ सय ६५ मत प्राप्त गर्नुभयो । त्यसैगरी महासचिव पदमा रानाभाट प्यानलबाटै उम्मेदवारी दिनुभएकी प्रतिमा श्रेष्ठ १ हजार १२ मत सहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी विकेसलाल श्रेष्ठले ७ सय १३ मत ल्याउनुभयो ।
कोषाध्यक्ष पदमा भने अग्रवाल प्यानलका उम्मेदवार विजयी भएका छन् । तेजराज अधिकारी ९ सय १७ मतका साथ कोषाध्यक्षमा विजयी हुँदा रानाभाट प्यानलका उम्मेदवार श्रीकृष्ण कर्माचार्यले ८ सय १ मत प्राप्त गर्नुभयो ।
९ सय १६ मतका साथ सहकोषध्यक्ष पदमा निलम वैद्य निर्वाचित हुँदा उहाँकी प्रतिस्पर्धी राधिका समरी पाण्डेले ७ सय ८६ मतमा साथ पराजित हुन प¥यो । अन्तिम मत परिणामा अनुसार उद्योग तर्फ उपाध्यक्षमा दिपक उप्रेती, सदस्यहरुमा क्रमशः कृष्ण गोपाल महर्जत,जगदिश दाहाल,भूपेन्द्र अधिकारी र महिला सदस्यमा सितादेवी भेटवाल निर्वाचित भएका छन् ।
वाणिज्यतर्फ उपाध्यक्षमा राजु अधिकारी सदस्यहरुमा बालकृष्ण बजगाईँ,सन्तोष घिमिरे,विष्णु प्रसाद दाहाल, राजेन्द्र लामिछाने विजयी भए । वस्तुगत उपाध्यक्षतर्फ काव्यमणी अधिकारी, सदस्यमा शम्भू पुडासैनी निर्वाचित भए ।
एशोसियट उपाध्यक्षमा उज्वल चौलागाइ, सदस्यहरुमा टिम टेलिभिजनका अध्यक्ष नवराज खतिवडा र अंकिता सुमार्गीले जित हासिल गरेका छन् । कुल २ हजार ४५ मतदाता रहेको मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा ८८ दशमलव ७५ प्रतिशत अर्थात् १ हजार ८ सय १६ मत खसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*