लोकसंगीत चौतारी मकवानपुरको अध्यक्षमा सीताराम खनाल सर्वसम्मत चयन

स्वर्णिम खबर
२७ पुष २०८१, शनिबार १९:२२

२७ पुस, हेटौँडा । लोकसंगीत चौतारी मकवानपुरको अध्यक्षमा सीताराम खनाल सर्वसम्मत चयन हुनुभएको छ ।
२०८१ श्रावण १० गते जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दर्ता भएपश्चात् शनिबार भएको प्रथम अधिवेशनले खनालको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संस्थाको उपाध्यक्षमा गायत्री प्रसाद तिमल्सिना र इन्दिरा बिडारी, सचिवमा राजकुमार गौतम, कोषाध्यक्षमा भवानी खड्का र सहसचिवमा रुकमणि चौलागाई चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा चिनबहादुर चुहान, श्रीराम थिङ, जमुना हुमागाई, देवकी शिवाकोटी र अर्जुन बानिंया चुनिएका छन् । त्यस्तै लेखा समिति संयोजकमा विष्णु प्रसाद घिमिरे, सदस्यहरुमा सुरेश पुडासैनी र रीता घिमिरे चयन भएका छन् । यसअघि ५ नं. वडाका वडा अध्यक्ष सुशील घिमिरेको प्रमुख आतिथ्यतामा भएको उद्घाटन सत्रमा संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*