फोनिज मकवानपुरको अध्यक्षमा नवराज वाइवा चयन
२७ पुस, हेटौँडा । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरको अध्यक्षमा नवराज वाइवा चयन हुनुभएको छ ।
हेटौंडामा शनिबार भएको छैटौं अधिवेशनबाट वाइवाको नेतृत्वको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । फोनिज मकवानपुरको उपाध्यक्षमा सन्देश थिङ, सचिवमा मनिता राना, सहसचिवमा निशा गुरुङ, कोषाध्यष्क्षमा भुवन घलान चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा जमुना थिङ, अन्जना न्यासुर, विवेक सिन्तान, दिव्यदृष्टि लामा, सम्झना थापा, भूपेन्द्र राना मगर, नविन चौधरी र रविन्द्र वाइवा चयन भएका छन् ।
अधिवेशनले केन्द्रीय पार्षदमा कृष्ण सारुमगर, आदर्श ठोकर, रंञ्जिता डंगोल, सुवर्णलाल श्रेष्ठ र उमेश श्रेष्ठलाई चयन गरेको छ । यस्तै प्रदेश पार्षदमा रुपा गुरुङ, जयराम मोक्तान, सुरेन्द्र थिके, राजक्मार सयाङ्बो, आशिष वल र प्रमोद कुमार राई चयन भएका छन् ।
यस अघि हेटौंडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा उद्घाटनसत्र भएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नगर प्रमुख लामाले आदीवासी जनजाती बिस्तारै नेतृत्वमा आउन थालेको बताउनुभयो । नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरले आदीवासी जनजातीको भाषा पहिचान संरक्षण संवद्धनमा फोनिजकर्मीको कलम चल्नुपर्ने बताउनुभयो ।
संस्थापक अध्यक्ष प्रताप विष्टले हेपिएका दबिएका समुदायको आवाज बुलन्द गर्नु पत्रकारको पहिलो दायित्व रहेको बताउनुभयो । जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीले फोनिज पत्रकार महासंघको पनि अमूल्य नीधि रहेको बताउँदै आदीवासी जनजातीलाई राज्यको मूल प्रवाहमा ल्याउन प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राख्नुभएको थियो ।