ज्ञानदीप सहकारीको वार्षिक साधारणसभा सम्पन्न

स्वर्णिम खबर
२७ पुष २०८१, शनिबार १७:५३

२७ पुस, हेटौँडा । हेटौंडा– ५ मा रहेको ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं वार्षिक साधारण सभा शनिबार भएको छ ।
संस्थाका अध्यक्ष ऋषिराम उपाध्याय पोखरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सदस्य बद्रीप्रसाद लम्सालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका निवर्तमान उपाध्यक्ष गोविन्द चौलागाई, पूर्व उपाध्यक्षद्धय भुपेन्द्र खड्का, विश्वनाथ रेग्मी, पूर्व प्राचार्य खीलप्रसाद बराल(निमेष), सामाजिक अभियान्ता अर्पण पराजुली, साहित्यकार एवम् सञ्चारकर्मी नवराज शर्मा र मरणोपरान्त सम्मानबाट स्व. बलराम शर्माको परिवारलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष ऋषिराम उपाध्याय पोखरेलले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष मोहनप्रसाद न्यौपानेले आर्थिक प्रगति प्रतिवेदन, सचिव लिलानाथ ढुङ्गेलले विनियम संशोधनका लागि सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहकारीद्धारा सञ्चालित जीएस निकेतन माध्यमिक विद्यालयका प्रिन्सिपल इश्वर लामिछानेले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
५ सय ९२ जना शेयर सदस्य रहेको सहकारीमा ९४ लाख ४० हजार शेयरपुजीँ रहेको छ । कार्यक्रममा जिल्ला बहुउद्देश्यीय सहकारी संघका सदस्य भोगेन्द्र लुईटेल, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, विद्यालय व्यवस्थापक समिकिा अध्यक्ष रमिला सापकोटा, पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*