बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यहरुले शपथ लिए

स्वर्णिम खबर
२५ पुष २०८१, बिहीबार १६:४८

२५ पुस, हेटौँडा । बागमती प्रदेश खेलकुद विकास परिषद्का नवनियुक्त सदस्यहरुले शपथ ग्रहण गरेका छन्
बिहिबार सामाजिक विकास मन्त्रालयमा आयोजित एक कार्यक्रमको बीच परिषद्का नवनियुक्त १० जना सदस्यहरुले सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीबाट शपथ ग्रहण गरेका हुन् । मंसिर १० गतेको मन्त्रिपरिषद् बैठकबाट परिषद्को सदस्यमा ललितपुरका रवि महर्जन, मकवानपुरका संगीत श्रेष्ठ, चितवनकी नवीना खनियाँ र रामेछापकी कल्पना खड्का नियुक्त भएका थिए ।
त्यसैगरी मंगलबारको मन्त्रीस्तरीय निर्णयबाट दोलखाकी अञ्जना शिवाकोटी, ललितपुरकी दीपा क्षेत्री, काभ्रेका गोविन्दलाल श्रेष्ठ, मकवानपुरका अमृत लुङ्वा र सविन भट्टाचार्य, सिन्धुपाल्चोकका राजन धिताललाई परिषद्को सदस्यमा नियुक्त गरिएको थियो । कार्यक्रममा बोल्नुहुँदै सामाजिक विकास मन्त्री खड्गीले समय व्यवस्थापनको लागि सदस्यहरुको शपथ ग्रहण ढिलो हुन गएको स्पष्टीकरण दिनुभयो । खेलकुद क्षेत्रमा रहेको चुनौतीलाई सामना गरी प्रदेशको खेलकुदको विकासमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
त्यसैगरी युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले सञ्चारमाध्यममा आए जस्तो सामाजिक विकास मन्त्रीसंग कुनै पनि किसिमको द्वन्द्व नरहेको प्रष्टीकरण दिनुभयो । राजनीतिक भागबण्डाकै आधारमा सदस्यहरु नियुक्त भएपनि सक्षम व्यक्तिहरुलाई नियुक्त गरिएको उहाँले दाबी गर्नुभयो ।
कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.गंगादत्त नेपाल, परिषद्का सदस्य सचिव दिपक लामा, सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैह्रे, प्रदेश खेलकुद विकास परिषद्का प्रमुख बद्रीबहादुर पाठक, खेलकुद मन्त्रालयका कार्यक्रम महाशाखा प्रमुख सूर्य दाहाललगाययको उपस्थिति रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*