डडेलधुरा विमानस्थलबारे देउवामाथि माधव नेपालको आरोप

स्वर्णिम खबर
२५ पुष २०८१, बिहीबार १५:०६

२५ पुस, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवामाथि कमिसन खानलाई डडेलधुरामा विमानस्थल बनाउन खोजेको आरोप लगाउनुभएको छ ।
बिहीवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले काँग्रेस सभापति देउवामाथि यस्तो आरोप लगाउनभएको हो । उहाँले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्न सकेको जानकारी हुँदाहुँदै पनि विमानस्थल निर्माणका निर्णय गर्नु देशलाई नोक्शानी मात्रै हुने बताउनु भयो ।
उहाँले छिमेकी जिल्लाहरु बैतडी र डोटीका विमानस्थल चल्न नसकिरहेको अवस्थामा डडेलधुरामा पनि विमानस्थल बनाउन खोज्नु ठेक्कामा कमिसन खानु रहेको बताउनु भयो । उहाँले उदयपुर र डडेलधुरामा विमानस्थलको आवश्यकता नरहेको उल्लेख गर्नुभयो । मेरो जिल्लामा पनि मैले विमानस्थल ल्याइदिएँ भनेर जनतालाई भन्न पाउने बाहेक अरु कुनै उद्देश्य नरहेको बताउनु भयो । विमानस्थलहरु चल्न नसकेपछि त्यसको जिम्मेवार निर्णय गर्नेहरुले लिनुपर्ने बताउनु भयो ।
अध्यक्ष नेपालले नेपाल वायुसेवा निगम घाटामा छ भन्ने र अर्कोतर्फ आवश्यक नभएका ठूला बिल्डिङहरु किन बनाएको भन्दै प्रश्न गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*