बागमती प्रदेशको कानुन निर्माण र कार्यान्वयन सम्बन्धमा मन्थलीमा छलफल
२४ पुस, हेटौँडा । बागमती प्रदेशको कानुन निर्माण, कार्यान्वयन र अपे क्षासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम मन्थली नगरपालिकामा बुधबार सम्पन्न भएको छ ।
बागमती प्रदेश सभा सचिवालयको आयोजनामा भएको कार्यक्रममा बागमती प्रदेश सभाले बनाएका विभिन्न कानुन र तिनका कार्यान्वयनका क्रममा स्थानिय तहमा उत्पन्न भएका समस्याहरू र तिनका समाधानका उपायहरूका बारे छलफल गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले कानुन निर्माण गर्दा सरोकारवाला, विज्ञ र जनप्रतिनिधिहरुसंग छलफल गरिनुपर्ने बताउनुभयो । यस्तै उपसभामुख अप्सरा चापागाईंले प्रदेश तथा स्थानीय तहले बनाएका कानुनका बारेमा सबै जानकार हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र नगर उपप्रमुख ईश्वरी बस्नेत लगायत प्रतिनिधिहरूले संघ र प्रदेशले बनाएका कानुनहरु बाझिएका कारण स्थानीय तहहरुले समस्या भोग्नुपरेको बताउनुभयो । संविधान सभा सदस्य एवम् वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।