मकवानपुर उद्योग वाणिज्य संघमा रहेको विजनेश ईन्क्यूबेशन सेन्टरको उद्घाटन
२४ पुस, हेटौँडा । बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्री सुकुमाया तामाङले मकवानपुर उद्योग वाणिज्य संघमा रहेको विजनेश ईन्क्यूबेशन सेन्टरको उद्घाटन गर्नुभएको छ ।
मन्त्रालयको २० लाख रुपैयाँ आर्थिक सहयोगमा उद्योग वाणिज्य संघको हलमा सेन्टरको स्थापना गरिएको हो । विजनेशमा आबद्ध हुन चाहाने युवाहरुलाई लक्षित गरेर यसको स्थापना गरिएको मकवानपुर उद्योग वाणिज्य संघका एशोसियट उपाध्यक्ष उज्वल चौलागाईले बताउनुभयो ।
युवाहरुलाई व्यवसाय गर्नुअघि तालिम प्रदान गर्ने स्वदेशी तथा विदेशी उद्यमीहरुसंग अन्तरक्रिया गराउने, रोजगारिका अवसरहरु सृजनागर्ने यसको मुख्य लक्ष्य रहेको बताईएको छ । कार्यक्रममा बोल्दै मन्त्री तामाङले ब्यवसायमा लाग्न चाहने युवाहरुका लागि यो सेन्टर प्रभावकारी हुने दाबी गर्नुभयो । कार्यक्रममा मन्त्रालयका सचिब, उद्योग बाणिज्य संघका अध्यक्ष र पुर्व अध्यक्षहरुको सहभागीता रहेको थियो ।