माण्डुखोलाको पक्की मोटरेबल पुलको उद्घाटन
२४ पुस, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडा र संघीय राजधानी काठमाडौँ जोड्ने छोटो दुरीको बैकल्पिक मार्ग हेटौँडा कुलेखानी काठमाडौँ रुटको भीमफेदी गाउँपालिका वडा नम्बर ६ माण्डुखोलाको पक्की मोटरेबल पुल उद्घाटन गरिएको छ ।
बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमन मास्केले बुधबार पुलको उद्घाटन गर्नुभएको हो । भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तर्गत रहेको यातायात पुर्वाधार निर्देशनालयले १२ करोड ३० लाख रुपैयाँ लगानीमा पुल निर्माण गरिएको हो । ५६ दशमलब ६ मीटर लम्बाईको पुल एम.एस.सागर निर्माण सेवा पिडारी गुठीले निर्माणको जिम्मा पाएको थियो ।
२०८० साल असार २२ गते निर्माण सम्झौता भएको पुल निर्माण सम्झौता अवधिभित्रै सम्पन्न भएको मन्त्री मास्केले बताउनुभयो । मन्त्रालयबाट निर्माण भएका आयोजना हरुलाई समय भित्रै सम्पन्न गर्न मन्त्रालयले सहजीकरण गरिरहेको मन्त्री मास्केको दाबी छ ।
पुल उद्घाटन कार्यक्रममा भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, ईन्द्र शरोबर गाउँपालिकाका अध्यक्ष देबकृष्ण पुडासैनी लगायत मन्त्रालयका सचिब, महाशाखा प्रमुख लगायतको सहभागीता रहेको थियो ।