बागमती प्रदेशको कानुन निर्माण, कार्यान्वयन र अपेक्षासम्बन्धी छलफल जिरीमा सम्पन्न

स्वर्णिम खबर
२३ पुष २०८१, मंगलवार १६:३२

२३ पुस, हेटौँडा । बागमती प्रदेशको कानुन निर्माण, कार्यान्वयन र अपेक्षा विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न छ ।
बागमती प्रदेश सभा सचिवालयको आयोजनामा दोलखाको जिरी नगरपालिकामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सभाले बनाएका विभिन्न कानुन र तिनका कार्यान्वयनका क्रममा स्थानिय तहमा उत्पन्न भएका समस्याहरू र तिनका समाधानका उपायहरूका बारे छलफल गरिएको थियो ।
कार्यक्रममा सहभागीहरूले स्थानीय तहको विकासमा प्रदेश सरकारले निर्माण गरेका कानुनको प्रभाव र आगामी रणनीतिहरूको बारेमा आफ्ना विचार राखेका थिए ।
कार्यक्रममा बागमती प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले प्रदेशको कानुन निर्माण गर्दा स्थानीय सरकारसंग समन्वय गरि कानुन निर्माण गर्दा प्रभावकारी हुने बताउनुभयो । विद्यमान सार्वजनिक खरिद ऐनको कारण विकास निर्माणको कार्य गर्न कठिनाई भइरहेको उहाँले बताउनुभयो ।


यसैगरी उपसभामुख अप्सरा चापागाईंले स्थानिय तहको आवश्यकताअनुसार कानुनी परिमार्जनका लागि प्रदेश सभा तत्पर रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले समग्र कानुनी प्रणालीको सुधार गर्न स्थानीय तहसँगको सहकार्यमा आगामी योजनाहरू अघि बढाउनु पर्ने धारणा राख्नुभयो । त्यस्तै जिरी नगरपालिकाका प्रमुख मित्र बहादुर जिरेलले स्थानीय समस्याहरू र अपेक्षाहरूलाई अवगत गराउँदै प्रदेश सभासँग निरन्तर समन्वय र सहकार्यलाई निरन्तरता दिने बताउनुभयो ।


कार्यक्रममा बागमती प्रदेश सभाका सचिव कृष्ण हरि खड्का, जिरी नगरपालिका नगर उपप्रमुख कृष्णमाया बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*