आफ्नो भुमिको रक्षा गर्नको लागि सरकार कटिवद्ध छः गृहमन्त्री लेखक

स्वर्णिम खबर
२२ पुष २०८१, सोमबार १८:५९

२२ पुस, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आफ्नो भुमिको रक्षा गर्नको लागि सरकार कटिवद्ध रहेको बताउनुभएको छ ।
सोमवार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भारतीय नागरिकले भोगचलन गरिरहेको कुरामा सरकारको गम्भिर ध्यानाकर्षण भएको बताउनुभयो ।
उहाँले नेपाली भूमि भारतीय नागरिकले भोगचलन गरिरहेकोबारे सरकार जानकार र गम्भीर रहेको समेत जिकिर गर्नुभयो ।
गृहमन्त्री लेखकले कञ्चनपुरस्थित नेपाल–भारत सीमा नाकामा सीमास्तम्भ पनि राख्नुपर्ने भएको कारणले कुटनीतिक छलपलबाट समस्याको समाधान गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले सीमास्तम्भ राख्नको लागि सरकारका कुटनीतिक संयन्त्रहरुलाई जानकारी गराइसकेको बताउनु भयो ।
समिति बैठकमा सांसद्हरुले कञ्चनपुरमा नेपाली भूमि भारतीयले भोगचलन गरेको विषयमा गृहमन्त्री लेखकको जवाफ माग गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*