रानी सामुदायिक वनको वार्षिकोत्सब सम्पन्न, उत्कृष्ट उपभोक्ताहरु सम्मानित
२२ पुस, हेटौँडा । हेटौडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको ३१ औ वार्षिकोत्सब सोमवार सम्पन्न भएको छ ।
समूहले वार्षिकोत्सबको अवसरमा विभिन्न विधामा उत्कृष्ट उपभोक्ताहरुलाई सम्मानित गरेको छ । उत्कृष्ट किसानमा पम्फादेवी बयलकोटी, उत्कृष्ट पशुपालनमा गोविन्द प्रसाद ढुङ्गाना, उत्कृष्ट हस्तकलामा विर्जु राई, उत्कृष्ट महिला समूहमा सुनौलो महिला आयआर्जन समूहलाई सम्मानित गरिएको थियो ।
यसैगरि उत्कृष्ट उपभोक्तामा राजकुमार फुयाँल , सालक संरक्षणमा शोभा घिमिरे र वातावरण संरक्षणमा लक्ष्मीचरण श्रेष्ठलाई सम्मानित गरेको छ । हेटौडा ६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षतामा वार्षिकोत्सब कार्यक्रम भएको हो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ , मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, समूहका सल्लाहकार कृष्ण बिडारी, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, मनकामना दुग्ध उत्पादक सहकारीका अध्यक्ष अर्जुनप्रसाद दाहाल, न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष प्रकाश कार्की,सुनौलो महिला समूहकी अध्यक्ष पवित्रा रुम्बा, जागरण सहकारीकी सचिव सरिता विक, नौलो विहानी कृषि सहकारीका उपाध्यक्ष जयराम घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।