बिगत र चालु बर्षमा गरेका कामहरूको स्वमुल्याङ्कन हुनु आवश्यकः प्रदेश प्रमुख देवकोटा

स्वर्णिम खबर
२२ पुष २०८१, सोमबार १८:०३

२२ पुस, हेटौँडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बिगत र चालु बर्षमा गरेका कामहरूको स्वमुल्याङ्कन हुनु आवश्यक रहेको बताउनुभएको छ ।
उपलब्धीलाई बस्तुगतरूपमा मापन गर्न सकियो भने मात्र त्यो उच्चतम हुने उहाँको भनाई छ । सोमबार काभ्रेपलान्चोक जिल्ला समन्वय समितिले आयोजना गरेको प्रगति समिक्षा कार्यक्रममा उहाँले सम्पूर्ण निकायका उपलब्धिमूलक कार्यहरूले काभ्रेली जनताको जीवनस्तर माथी उठ्नुपर्ने बताउनुभयो ।
भौगोलिक जटिलता र प्रकृतिजन्य प्रकोप र अन्य कुराहरूले लक्ष्य हासिल गर्नमा समस्या खडा गरेको भएपनि आफ्नो प्रयास जारी राख्न उहाँले सुझाव समेत दिनुभयो ।
प्रमुख देवकोटाले सत्यता, कर्मशीलता र इमान्दारीताले सकारात्मक परिणामको अनुभुती दिन सकिने भएकोले संघर्षरत रहनुपर्ने बताउनुभयो ।
संविधानको धारा २२० अनुसार गठन हुने जिल्ला समन्वय समितिले राज्यका तीनै तहसंग समन्वयकारी भूमिका खेल्ने जिम्मेवारी दिएको उल्लेख गर्नुहुदै उहाँले विकास निर्माण अनुगमन, संयोजन, प्रकोप तथा विपत व्यवस्थापन समन्वय, सल्लाह, सुझाव, निर्देशनजस्ता अहम् भूमिका जिल्ला समन्वय समितिको रहेको उल्लेख गर्नुभयो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*