मकवानपुरमा पहिलो पटक म्याथम्याटिकल ओलम्पियाड प्रतियोगिता २०२५ हुने

स्वर्णिम खबर
२१ पुष २०८१, आईतवार १८:४८

२१ पुस, हेटौँडा । म्याथ एसोसियशन नेपाल बागमती प्रदेशकोे आयोजनामा मकवानपुरमा पहिलो पटक म्याथम्याटिकल ओलम्पियाड प्रतियोगिता २०२५ हुने भएको छ ।
यही पौष २६ गते मकवानपुरका ८ वटा शैक्षिक संस्थामा जिल्ला स्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिता हेटौंडा स्कुल अफ म्यानेजमेन्ट, महेन्द्र मावि बकैया, युनाइटेड इंग्लिश स्कुल मनहरी , कालिका मावि कैलाश, जनता मावि बागमति, जनकल्याण मावि थाहा र चण्डिका मावि मकवानपुरगढीमा हुनेछ । सबै केन्द्रमा शुक्रबार बिहान ११ बजेदेखि प्रतियोगिता सुरु हुनेछ ।
कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउने आइतबार आयोजित अभिमूखिकरण कार्यक्रममा जानकारी गराइएको छ । प्रतियोगितामा ५० वटा वैकल्पिक प्रश्न सोधिनेछ जसको लागि एक घण्टा ४० मिनेटको समय निर्धारण गरिएको छ । ५० प्रतिशत मिलाउने विद्यार्थी प्रदेश स्तरीय प्रतियोगितामा सामेल हुन पाउनेछन् ।
प्रतियोगिताबाट छनौट भएका विद्याथीृलाई राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागि गराइने म्याथ म्याटिकल एसोसियशन अफ नेपालका सचिव किशन वास्तोलाले बताउनुभयो । राष्ट्रिय प्रतियोगिताबाट छानिएका उत्कृष्ट ६ जना विद्यार्थीले जुलाई १० देखि २० तारिखसम्म अष्ट्रेलियाको मेलवर्नमा आयोजना हुने अन्तराष्ट्रिय म्याथ म्याटिकल प्रतियोगितामा सहभागि हुने अवसर प्रापत गर्ने उहाँले बताउनुभयो ।
परिक्षामा सहभागी हुन प्रवेश शुल्क ५०० रुपैयाँ तोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*