प्रशासनिक नेतृत्वको कारण राजनीतिक नेतृत्व आक्रान्त बनेको छः प्रमुख सचेतक बर्तौला

स्वर्णिम खबर
२१ पुष २०८१, आईतवार १३:५२

२१ पुस, काठमाडौँ । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले प्रशासनिक नेतृत्वको कारण राजनीतिक नेतृत्व आक्रान्त भएको बताउनुभएको छ ।
आईतवार संघीय निजामती सेवा विधेयकका सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले मुलुकको प्रशासनिक नेतृत्वलाई सुधार्न निजामती विधेयकमा गम्भिरताका साथ काम गनुपर्ने बताउनुभयो । उहाँले राजनीतिक नेतृत्वले नीतिगत निर्णय मात्र गर्ने भएकोेले मुलुकको नेतृत्व कर्मचारी प्रशासनले गरिरहेको उल्लेख गर्नुभयो ।
पछिल्लो समय ठूला ओहोदाको कर्मचारीले राज्य र सरकारले बनाएका ऐनहरुलाई नै चुनौति दिन थालेको उहाँको भनाई छ । हेटौँडाको औद्योगिक क्षेत्रको उदाहरण दिँदै प्रमुख सचेतक बर्तौलाले सरकारका नीतिगत निर्णयमा समेत सचिव तहका कर्मचारीहरु वाधक बनिरहेको जिकिर गर्नुभयो ।
प्रमुख सचेतक बर्तौलाले कर्मचारी प्रशासनको सुधार नभएकै कारणले अहिले राज्यको प्रमुख प्रशासनिक क्षेत्रमा बहाल हुँदाहुँदै अन्तर्राष्ट्रिय नियोगहरुमा जागिर खान जानु गम्भिर विषय भएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*