विपद् प्रभावित सडक पुनः निर्माणका लागि १५ करोड २५ लाख रकम उपलब्ध गराउने
१९ पुस, हेटौँडा । बागमती प्रदेश सरकारले विपद् प्रभावित सडक पुनः निर्माणका रकम उपलब्ध गराउने भएको गरेको छ ।
शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले असोज ११ र १२ गतेको अविरल वर्षाको कारण क्षति भएका सडकमार्ग तथा पूर्वाधार पूनःनिर्माणका लागि १५ करोड २५ लाख रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार, हेटौंडा काठमाडौं सडक पूनः निर्माणका लागि ११ करोड २५ लाख र अन्य सडक तथा भौतिक संरचना पूनःनिर्माणका लागि ४ करोड रुपैयाँ निकासा दिने निर्णय गरेको छ । उक्त रकम आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध र भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटबाट व्यवस्थापन गर्ने निर्णय भएको छ ।
बैठकले प्रदेश स्तरबाट ११ औं तहमा बढुवा हुनुभएका निरञ्जन श्रेष्ठलाई वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वन अनुसन्धान तालिम केन्द्रमा पदस्थापना गर्ने निर्णय गरेको छ । त्यस्तै संघबाट सरुवा भएर आउनुभएका सचिव बिरेन्द्रदेव भारतीलाई श्रम रोजगार तथा यातायात मन्त्रालयका सचिवका रुपमा खटाउने निर्णय गरेको छ ।