सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक हौँः अध्यक्ष दाहाल
१९ पुस, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक भएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारमा हुँदा पनि र बाहिर गएपछि पनि आफूले एउटै कुरा गरेको उल्लेख गर्दै पछिल्लो कार्यकालमा भ्रष्टाचारको बिरुद्ध, सामाजिक विभेदको बिरुद्ध र सुशासनको पक्षमा इमान्दारितापूर्वक देशलाई राहत दिने पक्षमा काम गरेको जिकिर गर्नुभयो ।
उहाँले आफू भावुक रहेको र आफ्नो निष्ठा सफा रहेको बताउनु भयो । उहाँले एकले अर्कोलाई दोषारोपण गरेर मात्रै हुँदैन भन्ने कुरामा आफू सहमत रहेको बताउनु भयो ।
अध्यक्ष दाहालले स्वच्छ, निष्पक्ष पत्रकारिताका लागि पत्रकार महासंघले खबरदारी गर्नुपर्ने बताउनुभयो ।