पार्टीमा स्थान नदिनु केपी ओलीको निषेधात्मक चरित्रको प्रतिविम्व होः भीम रावल

स्वर्णिम खबर
१७ पुष २०८१, बुधबार १६:२८

१७ पुस, काठमाडौँ । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रोश व्यक्त गर्नुभएको छ ।
पार्टीबाट निकालिएपछि अगामी राजनीतिक यात्राबारे जानकरी दिन बुधवार काठमाडौं पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले पार्टीमा आफ्नो स्थान नहुनु केपी ओलीको द्वेष, पूर्वाग्रह, निषेधात्मक चरित्रको प्रतिविम्व भएको बताउनु भयो ।
उहाँले राजनीति आस्था, विश्वास र पारस्परिक सम्मानको आधारमा सञ्चालन हुने भएपनि केपी ओलीले आफूसँग संवाद नै नगरी स्पष्टिकरण सोधेको कारण स्पष्टिकरण नदिएको बताउनु भयो । नेता रावलले पाँच दशक पार्टीमा काम गरेको नेतासँग कुरा नगरी सोधिएको प्रष्टिकरण प्रथम दृष्टिमै पूर्वाग्रह, प्रतिशोध र निषेधको मानसिकताको उपज भएको स्पष्ट भएको जिकिर गर्नुभयो ।
कथित स्पष्टिकरणको जवाफ दिनुभन्दा जनतालाई थुप्रै जवाफ दिनुपर्ने आजको आवश्यकता रहेको उहाँको भनाइ छ । एमालेलाई बिगार्ने र विभाजन गर्न खोज्नेलाई मात्रै ओलीले अवसर दिएको बताउँदै उहाँले पार्टी बनाउनेलाई सदस्यबाट निकालेको गुनासो गर्नुभयो ।
नेकपा (एमाले) ले उहाँलाई पुस ११ गते पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*