लागुऔषध सेवन गरी सवारी साधन चलाउने ३ जना चालक प्रहरीको नियन्त्रणमा

स्वर्णिम खबर
१४ पुष २०८१, आईतवार १८:५९

१४ पुस, हेटौँडा । लागुऔषध सेवन गरी सवारी साधन चलाउने ३ जना चालकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
सवारी दुर्घटना तथा क्षती न्युनिकरणको लागी सवारी साधनहरु रोकी चालकहरुको स्वास्थ्य परिक्षण गर्ने क्रममा ना. ६ ख ३१२४ नं. को ट्रक चालक सर्लाही जिल्लाका हरिवन नगरपालिका ७ का वर्ष ३१ को अनराज कार्की, ना. ६ ख. १७२९ नं. को ट्रक चालक हेटौंडा ८ का ३२ वर्षीय बिक्रम थापा र ना ४ ख ५१११ नं. को ट्याङ्कर चालक मनहरी गाउँपालिका वडा नं. ९ का वर्ष ३१ को अशोक थोकरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट संयुक्त खटिएको प्रहरी टोलीले हेटौंडा ११ थानाभ¥याङ पक्राउ गरेको हो । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुर र सि.एम.सि चुरेहिल अस्पतालको प्राविधिक टोलीसहकार्यमा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद थपको अनुमती लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*