जुत्ता चप्पल व्यवसायी संघद्वारा स्थापना दिवसको अवसरमा खाद्यान्न साम्रगी सहयोग

स्वर्णिम खबर
१२ पुष २०८१, शुक्रबार २०:३२

१२ पुस, हेटौँडा । जुत्ता चप्पल व्यवसायी संघ मकवानपुरले आफ्नो ५ औं स्थापना दिवसको अवसरमा खाद्यान्न साम्रगी सहयोग गरेको छ ।
हेटौंडा १४ स्थित अनाथ अपांग बाल पुर्नस्थापना केन्द्र मकवानपुरमा खाद्यान्न सहयोग गरी संघले स्थापना दिवस मनाएको हो ।
वि.पि. विचार समाज मकवानपुरका उपाध्यक्ष प्रदिप कोइरालाको प्रमुख आतिथ्यता एवम् संस्थाका अध्यक्ष रामहरी तिमल्सिनाको अध्यक्षतामा कार्यक्रम भएको हो । संघले समाजप्रतिको सामाजिक उत्तरदायित्वलाई बहन गर्दै सहयोग गरेको अध्यक्ष तिमल्सिनाले बताउनुभयो ।


कार्यक्रममा पुर्नस्थापना केन्द्रका अध्यक्ष रामहरि कोइराला, केन्द्रका आजीवन सदस्य हरि प्रसाद पौडेल, संघका कोषाध्यक्ष राजु लम्साल, सचिव प्रल्हाद खनाल, सदस्यहरु बिनोद कुमार चौलागाई, कृष्णप्रसाद चौलागाई, निशान गौतम लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*