अहिलेको पाठ्यक्रमबाट व्यावसायिक जनशक्ति उत्पादन गर्न सकिंदैनः मुख्यमन्त्री लामा

स्वर्णिम खबर
१२ पुष २०८१, शुक्रबार १६:५६

१२ पुस, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले अहिलेको पाठ्यक्रमले प्रभावकारी रुपमा व्यावसायिक जनशक्ति उत्पादन गर्न नसकिने बताउनुभएको छ ।
समयानुकुल शैक्षिक पाठ्यक्रम परिमार्जन गर्नु आजको आवश्यकता भएको उहाँको भनाई छ । शुक्रबार मकवानपुर बहुमुखी क्याम्पसमा स्थापना भएको वीजनस ईन्कुवेसन सेन्टरको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री लामाले बजारको माग अनुसारको व्यावसायिक तथा दक्ष जनशक्ति उत्पादनमा शिक्षालाई जोड्न आवश्यक रहेको बताउनुभएको छ ।
उहाँले वर्तमान समयमा परम्परागत शैलीमा दिइएको ज्ञानले अर्थ नराख्ने भन्दै शिक्षालाई समय अनुसार परिवर्तन गरी व्यावसायिक र रोजगारमुखी बनाउनुपर्ने धारणा राख्नुभयो । यस सेन्टरले व्यवसायीक जनशक्ति उत्पादन गर्ने र विद्यार्थीहरू लाभान्वित हुने समेत मुख्यमन्त्री लामाले विश्वास व्यक्त गर्नुभयो ।


यसैगरी कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमा केही गर्न सकिन्न, केही छैन भन्ने सोँच बदल्न जरुरी रहेको बताउनुभयो । विधार्थी पलायन हाल कै गतिमा हुने हो भने निकट भविष्यमा नेपाल वृद्ध आश्रमको देश बन्ने समेत उहाँले बताउनुभयो । ईक्युवेसन सेन्टरले व्यवसायीक जनशक्ति उत्पादन गरि देशमै बसेर केही गर्न सक्छौँ भन्ने सोचको विकास गर्ने गरी काम गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा क्याम्पसका प्रमुख डा.यमबहादुर सिलवालले विद्यार्थीमा पढाइ र क्षमता अभिवृद्धि सँगै सिप र रोजगारीको सृजना गर्न ईक्युवेसन सेन्टरले सहयोग पु¥याउने बताउनुभयो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष अशोक शाक्यलगायत सदस्यहरु, शिक्षक, विद्यार्थीलगायत क्याम्पसका कर्मचारीहरूको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*