चुरियामाई सुरुङमार्ग सोमबारदेखि सर्वसाधारणका लागि खुल्ला

स्वर्णिम खबर
८ पुष २०८१, सोमबार १८:२६

८ पुस, हेटौँडा । मकवानपुर र बारा जिल्लाको सिमाना हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित ऐतिहासिक महत्व बोकेको चुरियामाई सुरुङमार्ग पूर्ननिर्माण पश्चात् सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।
जिर्णोद्धारको काम सकेपछि बागमती प्रदेश सरकारले एक कार्यक्रमको आयोजना गरि सुरुङमार्गको उद्घाटन सँगै व्यवस्थापन तथा सञ्चालनको जिम्मा हेटौँडा उपमहानगरपालिकालाई प्रदान गरेको हो । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्यतामा सुरुङमार्गको उद्घाटन गरिएको हो ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले दक्षिण एसिया कै पहिलो मानवनिर्मीत सुरुङमार्ग महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने विश्वास व्यक्त गर्नुभयो । इतिहासलाई अझै सुनौलो बनाउनेगरि मास्टर प्लान बनाएर सुरुङमार्ग सञ्चालन गर्न उपमहानगरलाई मुख्यमन्त्री लामाको आग्रह थियो ।


कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार विकास मन्त्री अमन कुमार मास्केले शताब्दी कै गर्विलो इतिहासलाई बिउँताउने कार्य प्रदेश सरकारले गरेको उल्लेख गर्नुभयो । सुरुङमार्गको ऐतिहासिक जिवन्ततालाई कायम राख्ने गरि सुरुङमार्गको संरक्षण गर्न उपमहानगरलाई मन्त्री मास्कले आग्रह गर्नुभयो ।
उद्घाटन कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, पुर्व भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल, प्रदेशसभा सदस्यहरु एकालाल श्रेष्ठ, भारती पाठक लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*