हेटौंडामा जलवायु परिवर्तन सम्बिन्ध संवाद कार्यक्रम आयोजना हुने
७ पुस, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौंडामा जलवायु परिवर्तन सम्बिन्ध संवाद कार्यक्रम आयोजना हुने भएको छ ।
मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा जलवायु क्रियाको स्थानीयकरण ः सार्वजनिक सम्पदा संरक्षण र न्यायमा लैगिंक दृष्किोण विषयक प्रदेश स्तरीय संवाद कार्यक्रम आयोजना गर्न लागिएको हो । मकवानपुर महिला समूह, चितवन सक्रिय महिला फाउन्डेशन र एक्सन एड नेपालको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा जलवायु परिवर्तनमा प्रदेश र स्थानीय तहको भूमिका र सार्वजनिक सम्पदा संरक्षणका उपायहरु विषयमा छुट्टा छुट्टै संवाद हुने महिला अधिकार परियोजना अधिकृत कविता बस्नेतले जानकारी दिनुभयो ।
कार्यक्रममा बागमती प्रदेश सरकार, प्रदेशसभा सदस्य, स्थानीय सरकारका प्रमुखहरुबिच छलफल रहने बताइएको छ । प्रदेश र स्थानीय तहमा जलवायु परिवर्तन सम्बिन्ध कानून नरहेकाले कानून बनाउन संवाद महत्वपूर्ण हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।
संवाद कार्यक्रमले जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि तीनै तहकार सरकारबिच समन्वय हुने आयोजकको अपेक्षा छ । आयोजना स्थल परिसरमा विभिन्न जातजातकिो मौलिकता झल्कने उत्पादनका स्टल समेत रहने छ । कार्यक्रमको टिम टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ ।