जिल्ला बचत तथा ऋण सहकारी सस्था लि.ले तीन दिने प्रदर्शनी आयोजना गर्ने

स्वर्णिम खबर
७ पुष २०८१, आईतवार १९:१०

७ पुस, हेटौँडा । जिल्ला बचत तथा ऋण सहकारी सस्था लिमिटेडले तीन दिने प्रदर्शनी आयोजना गर्ने भएको छ ।
संस्थाको २० आँै स्थापना दिवसको अवसर पारेर यही पौष १६, १७ र १८ गते प्रदर्शनि तथा मेला आयोजना गर्न लागिएको हो । सहकारी तथा सहकारीका शेयर सदस्यद्वारा उत्पादित बस्तुको प्रर्दशनी बिक्रि गर्न लागिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । संस्थाले पहिलो पटक प्रदर्शनी तथा बिक्रि मेला आयोजना गर्न लागेको अध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिनुभयो ।
प्रदर्शनीमा बचत संस्थामा आवद्ध सदस्यका साथै कृषि सहकारी, बहुउद्देश्यीय सहकारी, दुग्ध सहकरीले पनि सहभागिता जनाउने अध्यक्ष श्रेष्ठले बताउनुभयो । सस्थाको नवनिर्मित भवनमा हुने प्रदर्शनीमा हस्तकला, खाद्य सामग्री, चिया खाजा सहितका ४० वटा स्टलहरू रहने सस्थाकी सस्थापक सुमित्रा कुमारी वाइवाले बताउनुभयो । उत्कृष्ट ४ स्टललाई पुरस्कार समेत प्रदान गर्ने उहाँले बताउनुभयो । प्रदर्शनीका साथै प्रतियोगितात्मक कार्यक्रम समेत रहने बताइएको छ । जस अनुसार १६ गते सहकारी हाजिरीजवाफ प्रतियोगिता, १७ गते सहकारी वक्तृत्वकला कला प्रतियोगिता, क्याम्पस स्तरीय सहकारी निबन्ध र १८ गते नव निर्मित भवनको उद्घाटन गर्ने तालिका रहेको व्यवस्थापक वाइवाले बताउनुभयो ।
उद्घाटन कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने व्यक्ति तथा संघसस्थालाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । जिल्ला बचतमा १ सय ३५ सहकारी आवद्ध रहेका छ्न । तीन दिनसम्म चल्ने मेला ८ देखि १० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*