न्यायलयको बर्तमान अवस्था र बारको भूमिका विषयक अन्तरक्रिया आयोजना
७ पुस, हेटौँडा । ६९ औँ बार दिवसको अवसर पारेर उच्च अदालत बार एशोशियशन हेटौँडा र जिल्ला अदालत बार एशोशियशन हेटौँडाको संयुक्त आयोजनामा न्यायलयको बर्तमान अवस्था र बारको भूमिका विषयक अन्तरक्रिया आयोजना भएको छ ।
अधिबक्ता मुकुन्द प्रसाद अधिकारीले तयार पार्नुभएको कार्यपत्रमाथि कार्यक्रममा सहभागी अधिबक्ताहरुले टिप्पणी गरेका थिए । कार्यक्रममा बरिष्ठ अधिबक्ताको उपाधि प्राप्त गर्नुहुने कृष्ण अर्याल, ईश्वरराज ढकाल, ध्रुब चौलागाई, बाबुराम अर्याल र रामेश्वर कोईरालालाई सम्मान गरिएको थियो ।
यस्तै जिल्ला अदालत बार एशोशियशनको सदस्य रहनुभएका अधिबक्ता बालकृष्ण अधिकारी नेपाल पत्रकार महासंघ मकवानपुरको अध्यक्ष पदमा निर्वाचित हुनुभएको बधाई तथा शुभकामना प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाल कानून ब्यवसायी परिषदका सदस्य पार्षद केशब काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो । यसैबीच मकवानपुर जिल्ला अदालत बार एशोसियशन र सिएमसी चुरेहील अस्पताल बीच उपचार सहुलीयर्ते सम्झौता भएको छ । मकवानपुर जिल्ला बारमा आबद्द कानून ब्यवसायीहरुलाई औषधिमा ७ प्रतिशत र उपचार सेवामा २० प्रतिशत छुट गर्ने सम्झौता भएको छ ।
मकवानपुर जिल्ला अदालत बार एशोशियसनका तर्फबाट अध्यक्ष अप्सरा बस्नेत र अस्पतालका प्रबन्ध निर्देशक प्रताप देवकोटाले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।