विकासमा नयाँ दृष्टिकोण आवश्यकः मन्त्री काफ्ले

स्वर्णिम खबर
५ पुष २०८१, शुक्रबार १८:५३

५ पुस, हेटौँडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले दीर्घकालिन लक्ष्य राखेर विकास निर्माणका काम गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय अपांग महासंघ बागमती प्रदेशको छैठौ साधारण सभा तथा तेस्रो अधिवेशनलाई हेटौंडामा सम्बोधन गर्दै मन्त्री काफ्लेले विकासमा नयाँ दृष्टिकोण आवश्यकता रहेको बताउनुभयो । नेपालका सबै नागरिकले अधिकार प्राप्त गरेको भन्दै अब आवश्यकता पूरा गर्नुपर्ने बाटोमा लाग्नुपर्ने उहाँले बताउनुभयो । विगतमा हुने विकास निर्माण भन्दा अब हुने विकासका काम दिर्घकालिन हुनुपर्नेमा मन्त्री काफ्लले जोड दिनुभयो । व्यवस्था परिवर्तन भैसकेकाले अब नागरिकका अवस्था परिवर्तनका निम्ति आवाज उठाउनुपर्ने उहाँले बताउनुभयो ।
भेलाले बागमती प्रदेशमा नयाँ नेतृत्व समेत चयन गर्ने बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*