दोश्रो कमाने महोत्सव पुस ११ गतेदेखि हुने

स्वर्णिम खबर
३ पुष २०८१, बुधबार १८:३४

३ पुस, हेटौँडा । हेटौंडा ८ कमानेमा दोस्रो कमाने महोत्सव–२०८१ हुने भएको छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै महोत्सव बारे जानकारी गराएको हो । वडाको चालु कार्यक्रम अन्तर्गत स्थानीय पर्यटन, स्थानीय सांस्कतिक प्रबर्द्धन, स्थानिय व्यापार प्रदर्शनी भन्ने मुल नाराका साथ आउँदो पुष ११, १२ र १३ गते हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको महोत्सवका संयोजक एवम् ८ नं. वडा अध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभयो ।
वडा भित्र रहेका स्थानिय कला सँस्कृति पहिचान र व्यापार, व्यवसाय प्रदशनी गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको वडाका अध्यक्ष थापाले बताउनुभयो । कार्यक्रमलाई थप आकर्षक बनाउन वडा भित्र रहेका २१ वटा बाल समुहहरुको विभिन्न साँस्कृतिक कार्यक्रमहरु पनि हुने बताइएको छ ।
वडामा हुने यस महोत्सवले वडाका उत्पादनलाई बजारीकरण गर्न, विभिन्न समुहहरुका सीपलाई उजागर गर्नुका साथै वडाका होटल व्यवसायीलाई आर्थिक टेवा पुग्ने समेत वडा कार्यालयले विश्वास लिइएको छ । तीन दिने महोत्सव सम्पन्न गर्न कुल ८ लाख रुपैँया लागत लाग्ने अनुमान रहेको आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*